मंगलबार, ६ चैत २०८०

मारुति सुजुकीको नयाँ कार इग्निस लञ्च हुँदै

समयपोष्ट २०७३ मंसिर २८ गते ९:५२

मारुति सुजुकीको नयाँ कार इग्निस बजारमा लञ्च हुँदैछ । आउँदो जनवरी १३ मा मारुतिले यो कार भारतिय बजारमा लञ्च गर्न लागेको हो। मारुति सुजुकी इग्निस एक सब-कम्प्याक्ट क्रसओवर कार हो जसलाई सन् २०१६ दिल्लीमा भएको एक्सपोमा सो गरिएको थियो । सो कार लञ्च भएपछि कारको बिक्री कम्पनीकै प्रिमियम डिलरसिप नेक्साको माध्यमबाटनै हुँने कम्पनीले जनाएको छ । नेक्सा शोरुमबाट बिक्री हुँने मारुति सुजुकी इग्निस कम्पनीको तेस्रो कार हुनेछ । मारुतिको नयाँ कारमा 1.2-लिटर k-Series पेट्रोल इंजिन र DDiS इंजिन राखिनेछ । यि दुवै इंजिनलाई 5-स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनबाट लैस गरिनेछ । यो कारमा कर्यौ नयाँ फिचर्सहरु पनि राखिने कम्पनीले जनाएको छ । 

Advertisement


मारुति सुजुकी इग्निस लाई जेनेभामा iM4 कम्प्याक्ट एसयूवी कन्सेप्ट मोडलको रुपमा सो गरिएको थियो । कारको फ्रंट प्रोफाइललाई बढीनै स्मार्ट लुक दिएको छ । कारमा एलईडी डीआरएल र प्रोजेक्टर लाइट पनि राखिनेछ भने यसको एक्सटीरियर लुकलेनै कष्टोमरलाई आकर्षित बनाउँछ ।  
कारको इंटीरियर लुक्सलाई पनि बढी प्रिमियम बनाएको छ । यसमा नयाँ कंट्रोल, स्विच, नब, स्टीरयरिंग व्हील र इंस्ट्रूमेंट क्लस्टर राखिएको छ । यसको अलावा कारमा टचस्क्रीन इंफोटेनमेंट सिस्टम (एप्पल का रप्ले र एंड्रोयड अटोको साथ) पनि लगाइएको छ । सेफ्टी फिचर्सको मामलामा यो कार अन्य भन्दा अत्याधुनिक रहेको छ । युरो -एनकेप टेष्टमा यो कारलाई युरोपियन मोडलमा तिन स्टार प्राप्त भएको थियो । 
यस कारको अनुमानित मुल्य ५.५ लाख भारतिय रुपैयाँ पर्ने एक्स सोरुमले जनाएको छ । यस कारलाई पोर्टफोलियोमा मारुति सुजुकीको  बलेनोको ठिक पछाडी राखिने कम्पनीले जनाएको छ । मारुति सुजुकीको बलेनो पछि मारुति सुजुकी इग्निसले पनि बजारमा राम्रो प्रतिक्रिया पाउँनेमा कम्पनी बिश्वस्त रहेको छ । 

भारतिय सञ्चार माध्यमको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित सामाग्री