शनिबार, १५ वैशाख २०८१

विवाह पछि पहिलो पटक श्रीमानको साथ देखिईन् रानी मुखर्जी (फोटोफिचर)

समयपोष्ट २०७३ मंसिर २८ गते ८:१८

 

Advertisement

भारतिय अभिनेतृ रानी मुखर्जी र उनका पति फिल्ममेकर आदित्य चोपड़ा विवाह पछि पहिलो पटक संगसंगै देखिएका छन् । रानी र आदित्यको विवाह पछि हालसम्म मुखर्जीको कुनै पनि तस्विर सार्वजनिक भएको थिएन । यो तस्विर भारतको बान्द्रा इलाकाको हो । यो जोडी साथीसंग घुम्न निस्कदा क्यामरामा यो तस्विर कैद भएको हो । तस्विरमा रानी रेड कलरको ड्रेसमा र आदित्य ब्लाक कलरको ड्रेसमा देखिएका छन् । यस अघि फिल्म बेफिक्रेलाई प्रमोट गर्ने क्रममा रानी र आदित्यसंगै भएको तस्विर सार्वजनिक भएको थियो । रानी र आदित्यले २१ अप्रिल सन् २०१४ मा इटलीमा एक पारिवारीक फंक्शनकका बिच विवाह गरेका थिए । रानीले डिसेम्बर ९ सन् २०१५ मा एक छोरीलाई  जन्म दिईसकेकी छिन् । भर्खरै मात्र रानीले छोरी अदिराको को जन्मदिनको अवसर पारी  एक इमोस्नल नोट लेख्दै छोरीको तस्विर सार्वजनिक गरेकी छिन् । यशराज फिल्मको अफिशियल पेजमा सो तस्विर रानीले पोष्ट गरिएको छ । 

r1f

r2f

r4f

r5f

r6f


दैनिक भास्करबाट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री