शुक्रबार, १६ चैत २०८०

यि पाँच काम गर्न छोडिदिनुहोस्,आर्थिक समस्याबाट पाउँनुहुन्छ सधैको लागि छुटकारा  

समयपोष्ट २०७३ मंसिर २८ गते ७:३२

 

Advertisement

जीवनको हर सुख सुविधा प्राप्त गर्नको लागि जो कोहि पनि आफ्नो जीवनमा लक्ष्मी कृपा रहिरहोस् भन्ने चाहान्छ । जीवनमा हर सुख हाँसिल गर्न लक्ष्मी कृपा बिना सम्भव हुँदैन । लक्ष्मीलाई खुसी पार्न मानिसहरु केही न केही नयाँ उपाय गरिरहन्छन् । हिन्दु धर्ममा पनि लक्ष्मीलाई खुसी पार्नेका र लक्ष्मी रिसाउँनेका कर्यौ कारणहरु उल्लेख गरिएको पाईन्छ । संक्षिप्त गरुड पुराणको अनुसार यस्ता पाँच कामहरुको वर्णन गरिएको छ जुन काम गर्दा लक्ष्मीले मानिस त के भगवान् बिष्णु समेतलाई त्याग गर्ने उल्लेख छ । 

श्लोक
कुचैलिनं दन्तमलोपधारिणं ब्रह्वाशिनं निष्ठुरवाक्यभाषिणम्।
सूर्योदये ह्यस्तमयेपि शायिनं विमुञ्चति श्रीरपि चक्रपाणिम्।।
अर्थात् 
फोहोर कपडा ,फोहोर दाँत,धेरै खाने,कठोर बचन बोल्ने,
सूर्योदय एवं सूर्यास्त को समयमा सुत्ने ब्यक्तिलाई स्वयं विष्णु भगवाननै भए पनि देवी लक्ष्मीले त्याग दिन्छिन् । 

 ब्यक्तिगत सरसफाईमा ध्यान दिई सबैसंग मिठो बोलीबचन गर्दा लक्ष्मीको कृपा तपाईको जिवनमा रहिरहन्छ । सुर्योदय अघिनै उठ्ने र सुर्यास्तको समयमा सुत्ने बाँनी छ भने पनि त्यसलाई तुरुन्तै त्याग गर्दा फलिपलाप हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री