बिहीबार, ६ वैशाख २०८१

शास्त्र भन्छ श्रीमान श्रीमतीबिच तनावका मुख्य कारण हुन् यि ,यसबाट जोगिनुहोस्

समयपोष्ट २०७३ मंसिर २८ गते ६:५८


श्रीमान र श्रीमतीबिच प्रेम प्रगाढ बनाईराख्न शास्त्रमा केही कुराहरु उल्लेख भएका छन् । यदी दाम्पत्य सम्बन्धमा समस्या झेलिरहनुभएको छ भने शास्त्रमा बताए अनुसारका यि कार्यहरु अवलम्बन गर्दा हितकर हुन्छ । 

Advertisement

१. यदी तपाई चहानुहुन्छ कि घरमा कुनै वादविवाद नहोस् र घरमा सुख शान्ति रहिरहोस्,घरमा भएका बेकारका सामानहरुलाई बाहिर निकाल्दिनुहोस् । बेकारका सामानहरु जस्तै खियाँ लागेको किला ताल्चा नभएको साँचो,काम नलाग्ने लठ्डी आदि । जे चिज काम लाग्दैन त्यसलाई घरमा नराख्नुहोस् । यस्ता सामानहरुले वातावरणमा नकारात्मक उर्जा कायम गर्ने हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा टक्राव ल्याउँदछ । 

२. श्रमिान श्रीमतीको सम्बन्धमा प्रगाढता ल्याउँन बेडले पनि अह्म भुमिका खेलेको हुन्छ । सबैभन्दा महत्वपुर्ण कुरा यदी बेड टुटे फुटेको छ भने त्यसलाई हटाई दिनुहोस् । बेडमा च्यातिएको सिरक, डस्ना,सिरकको खोल र तन्ना जस्ता चिजहरुको प्रयोग गर्दा हानि हुन्छ ।
 

३.घरलाई नियमित रुपमा सफा गर्ने गर्नुहोस् । घरको हरेक कुनामा भएका फोहोरलाई बाहिर निकाल्ने गर्नुहोस् । फोहोरले घरका मानिसहरुलाई मानसिक तनाव बढाउँने काम गर्दछ । सफाईसंग संगै घरको वातावरणलाई सुगन्धित राख्न धुपको प्रयोग गर्दा राम्रो हुन्छ । 

४.सबै प्रकारको समस्याबाट छुटकारा पाउँने मुख्य उपाय भनेको दान पुण्यको काम गर्नुनै हो । गरीबलाई दान गर्ने गर्नुहोस् । गाईलाई हरियो घाँस ,र कुकुरलाई खानेकुरा दिने गर्नुहोस् । सबैभन्दा पहिले पाकेको खानेकुरा थोरै थोरै गाई ,कुकुर,र कौवालाई दिने गर्नुहोस् ।

५. राति जुठो भाडा किचेनमा कहिले नराख्नुहोस् । सुत्नुभन्दा अगाडी जुठो भाडा सबै माझ्ने गर्नुहोस् । सुत्दा फोहोर कपडा लगाएर कहिले नसुत्नुहोस् । 
यि कुराहरुलाई ध्यानमा राख्दा परिवारमा एकता कायम रहिरहने गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री