शुक्रबार, ७ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले वग्घीमा घुमायो अवार्ड

समयपोष्ट २०७३ मंसिर २८ गते ५:१८

नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड  जितेपछि सोमबार अवार्डलाई बग्घीमा राखेर शहर घुमाएको छ । 
फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो बर्षको सर्बोत्कृष्ठ बैंक ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको थियो  ।

Advertisement

बिहिबार लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिए । इन्भेष्टमेन्ट बैंकले यो सहित पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो। द बैंकर म्यागजिनले १७ बर्ष देखि यस्तो अवार्ड वितरण गर्दै आएको छ । बैंक अफ दि इयर लामो ऐतिहासिक पृष्ठभुमि भएको बिश्वमै प्रतिष्ठित अन्तराष्टियस्तरको बैकिङ उपाधी हो,जसले विजेता बैकको व्यवस्थापन उत्कृष्ट रहेको, व्यवसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ । 

बैंकले गत आर्थिक वर्ष ४ अर्ब १४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ छ ।  कुल पुँजी १६ अर्ब ३० करोड रुपैयाँ रहेको नेपाल इन्भेस्टमेन्ट बैंक निजी बैंकहरूमध्ये सर्वाधिक पुँजी भएको बैंक हो । बैंकले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४८ वटा शाखा तथा विभिन्न शाखारहित सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री