मंगलबार, ६ चैत २०८०

नेपालगञ्जमा हुण्डाई गाडिको थ्रीएस सेन्टर,प्रति महिना ३०० सम्म गाडिलाई सेवा दिन सक्ने

समयपोष्ट २०७३ मंसिर २८ गते ४:१८

नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी नेपालगञ्जमा हिम अटो डिस्ट्रिब्युटरको संयोजकतोमा नयाँ थ्रीएस सेन्टर उद्घाटन गरेको छ ।

Advertisement

थ्रीएस सेन्टरको उद्घाटन श्रेष्ठ परिवारका वरिष्ठ सदस्य हिमप्रसाद श्रेष्ठ तथा लक्ष्मी ईन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । नेपालगञ्जको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरमा ५ वटा सम्म गाडिको सोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।
यस उत्कृष्ट सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् । लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री