शनिबार, १५ वैशाख २०८१

बालुवा–गिटी अभावले पुनर्निर्माण प्रभावित

समयपोष्ट २०७३ मंसिर २८ गते ३:५६

बालुवा–गिटीको अभाव र मूल्यमा भएको अस्वाभाविक वृद्धिले जिल्लामा पुनर्निर्माण अभियान प्रभावित भएको छ । अधिकांश निजी घरको निर्माण रोकिएको छ भने सरकारी, विद्यालय भवन तथा सडक, पुललगायत आयोजनासमेत प्रभावित छन् ।
क्रसर उद्योग सञ्चालकले एकैसाथ ठूलो माग भएकाले समस्या भएको बताएका छन् । माग बढे पनि नदी तथा खोलाबाट सहज रूपमा गिटी–बालुवा झिक्न नपाएको उनीहरूको भनाइ छ । जिल्लामा अहिले चारवटा क्रसर उद्योग सञ्चालनमा छन् । ट्रिपर चालक रोहित खड्काले दुईदेखि तीन दिनसम्म लाइन बसेपछि बल्ल एक ट्रिपर (आठ घनमिटर) बालुवा उपलब्ध हुने गरेको बताए।

Advertisement

अस्वाभाविक मूल्यवृद्धि
उच्च माग भएपछि क्रसर व्यवसायीले बालुवा र गिटीको मूल्यमा अस्वाभाविक वृद्धि गरेका छन् । दसैँअघिसम्म प्रतिघनमिटर ६ सय रुपैयाँमा कारोबार हुँदै आएको बालुवाको मूल्य अहिले ११ सय पुगेको छ । प्रतिघनमिटर १३ सयको गिटी १६ सय पुगेको छ ।
उपभोक्ताले पुनर्निर्माण अभियानका वेला क्रसर उद्योग सञ्चालकले अस्वाभाविक मूल्यवृद्धि गरेर फाइदा उठाएको आरोप लगाएका छन् । तर, तामाकोसी रोडा ढुंगा सप्लायर्सका प्रोपाइटर सुरेश उप्रेतीले कच्चा पदार्थ उत्खनन गर्दा नै लागत वृद्धि भएको र सामानको गुणस्तरसमेत राम्रो भएका कारण अरू जिल्लासरह मूल्य समायोजन गरिएको दाबी गरे, आजको नयाँ पत्रिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री