शुक्रबार, १४ वैशाख २०८१

आधा दर्जन कार कम्पनीहरुका प्लाण्ट बन्द हुँदै 

समयपोष्ट २०७३ मंसिर २४ गते ६:४६

नोटबन्दीको कारण भारतिय कार कम्पनीहरु प्लाण्ट बन्द गर्ने तयारी गरिरहेका छन् । मारुति सुजुकी ,ह्युण्डाई मोटर इण्डिया,होण्डा कार्स इण्डिया,महेन्द्रा एण्ड महेन्द्रा,फोर्ड इण्डिया र रेनो निशानले एक हप्ता देखि पन्ध्र दिनसम्म प्लाण्ट बन्द गर्ने योजना बनाएका हुन् । कार कम्पनी मारुति र ह्युण्डाईले यस अघिनै कम्पनी बन्द गर्ने तयारी गरिरहेका थिए । तर होण्डा कार्स इण्डिया र महिन्द्रा एण्ड महिन्द्राले भने स्टक कम गर्ने भन्दै प्लाण्ट बन्द गर्ने निर्णय गरेका हुन् । होण्डा कार्स इण्डियाका म्यानेजिंग डिरेक्टर योचिरो उयेनोको अनुसार बजारमा भएको परिवर्तनको कारण यो महिना  आफ्ना दुबै प्लाण्टमा काम रोकिने बताए । सेल्स मार्केटमा अनुमान लगाउँन गाह्रो पर्ने हुँदा उत्पादन रोक्नु परेको उनको भनाई छ । 
यस्तै बोलेरो र स्कर्पियो जस्ता गाडी निमार्ता कम्पनी महिन्द्रा पनि हाल इन्भेण्टरी म्यानेजमेण्टमा जुटिरहेको छ । यो कम्पनीले डिसेम्बर तिन देखि चाकन र हरिद्धारमा रहेको प्लाण्टलाई एक हप्ताको लागि बन्द गरिसकेको छ । क्रिसमस पछि महिन्द्राले एक हप्ताको लागि सबै प्लाण्ट बन्द गर्ने जनाएको छ । प्लाण्ट बन्द भएपछि बन्द भएका कम्पनीहरु मेण्टेनेन्समा जुट्नेछन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री