शुक्रबार, १६ चैत २०८०

इस्लिङटन कलेजका ३ सय १५ बिद्यार्थी दिक्षित, आगामी शैक्षिक सत्रदेखी मोबाइल एप्लिकेसन बिषय शुरु गर्ने

समयपोष्ट २०७३ मंसिर २४ गते ३:५१

इस्लिङटन कलेजले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा मोवाइल एप्लिकेसन बिषय पढाउने भएको छ । उक्त बिषय पढाउनको लागि बिहिवार कलेजका अध्यक्ष सुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटियन बिश्वबिद्यालयका उपकुलपति जोन रेफटरीले सहमतिपत्रमा हस्ताक्षर गरे ।  
सहमति अनुसार इस्लिङटन कलेजबाट स्नातक तह पुरा गरेका बिद्यार्थीलाई सुचना प्रबिधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययन गर्न ७५ प्रतिशत छात्राबृत्ति उपलब्ध हुनेछ । जसम्ये ५० प्रतिशत बिश्वबिद्यालय र २५ प्रतिशत इस्लिङटन कलेजले उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख छ ।  यो सुबिधा बिद्यार्थीले आगमी शैक्षिक सत्रदेखी पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए । बिश्वबिद्यालय र कलेजको सहकार्यमा एमबीए तहको कक्षा सञ्चालन गर्ने र यसका लागि एकिकृत पाठयक्रम तयार पार्ने उनले बताए ।

Advertisement

islingtonकलेजले बिहिवार स्नातक र स्नातकोत्तर तहका ३ सय १५ जना बिद्यार्थीलाई दिक्षित गर्यो । दिक्षान्त समारोहमा लन्डन मेट्रोपोलिटियन बिश्वबिद्यालयका उपकुलपति जोन रेफटरीले इस्लिङटन कलेजसंगको ६ बर्षको सहकार्य सफल भएकोमा खुशी ब्यक्त गरे । उनले इस्लिङटनले बिद्यार्थीलाई उपलब्ध गराएको प्राज्ञिक र प्रशासनिक कार्य सम्पादन सवै आफनो बिश्वबिद्यालयको स्तरमा भएको बताए । उनले बेलायतमा भन्दा नेपालमा नै बसेर बेलायति शिक्षा हासिल गर्दा ५ गुणा सस्तो पर्ने पनि बताए । 
 इस्लिङ्टन कलेजले १३ वर्षदेखि बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको सम्बन्धनमा चलिरहेको छ । यो कलेज लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको हाइ हाइर्याङकिङमा पर्दै आएको छ । 
क्लेजले स्नातक तहमा सुचना प्रबिधिमा आधारित आइटी, कम्प्युटिङ, कम्प्युटर नेटवर्क, आइटी सेकुरिटी, मल्टी मिडिया टेक्लोलाजी तथा व्यवस्थापनमा बिबिए, स्नातकोत्तर तहमा एमएसि इन आइटी पठनपाठन गराउर्दै आएको छ । अहिले कलेजमा करिव  १२ सय विद्यार्थी छन् । कलेजबाट पासआउट भएका ३५ सय विद्यार्थी संसारका नाम चलेका देश र नेपालकै निजी तथा सरकारी कार्यालयमा रोजगारी पाइरहेको अध्यक्ष बुढाथोकीले बताए । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री