शुक्रबार, १४ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड

समयपोष्ट २०७३ मंसिर २३ गते ११:४८

नेपाल इन्भेष्टमेन्ट बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड  जितेको छ । 
फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो बर्षको सर्बोत्कृष्ठ बैंक ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

Advertisement

बिहिबार लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिए । इन्भेष्टमेन्ट बैंकले यो सहित पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो। 
द बैंकर म्यागजिनले १७ बर्ष देखि यस्तो अवार्ड वितरण गर्दै आएको छ । बैंक अफ दि इयर लामो ऐतिहासिक पृष्ठभुमि भएको बिश्वमै प्रतिष्ठित अन्तराष्टियस्तरको बैकिङ उपाधी हो,जसले विजेता बैकको व्यवस्थापन उत्कृष्ट रहेको, व्यवसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री