शुक्रबार, १४ वैशाख २०८१

मापदण्ड पुरा गरेपछि मात्रै हकप्रद र एफपिओ निश्कासन गर्न दिईने

समयपोष्ट २०७३ मंसिर २३ गते ६:३१

नेपाल धितोपत्र बोर्डले हकप्रद र एफपिओ निश्कासनका लागि कडाई गरेको छ। प्रत्येक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुका लागि केही नयाँ मापदण्ड पुरा गरेपछि मात्रै धितोपत्र बोर्डले हकप्रद तथा एफपिओ निश्कासन गर्न दिने भएको हो । 

Advertisement

जलविद्युत, होटल र  उत्पादन कम्पनीहरु यसअघि  हकप्रद तथा एफपिओ निश्कासनका लागि स्वतन्त्र रहँदै आएका थिए । बोर्डको नयाँ मापदण्ड अनुसार अब कम्पनीहरुले नयाँ निश्कासनबाट प्राप्त रकमको उपयोग सम्वन्धमा वित्तीय योजना तथा रणनीतिहरु साधारणसभाबाट पारित हुनुपर्नेछ । 

 हकप्रद र एफपिओका लागि भने  निश्कासन अनुपातको औचित्य पुष्टि हुनुपर्ने, प्राथमिक निश्कासनको २ वर्ष पुरा हुनुपर्ने, जारी पुँजी सबै चुक्ता भइसकेको हुनुपर्ने शर्त तोकिएको छ । त्यस्तै परियोजना निर्माणका लागि प्राप्त इजाजत, अनुमति तथा स्वीकृति पाइसकेको हुनुपर्नेछ । यस्ता यरियोजना निमार्णका  लागि बोर्डको  स्वीकृतिपछि मात्रै दरखास्त खुला गरेको सूचना प्रकाशिन गर्नुपर्ने व्यवस्था कायम भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री