शनिबार, ८ वैशाख २०८१

सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा टाटा टिपर मेला गर्ने

समयपोष्ट २०७३ मंसिर २२ गते १२:१२

टाटाको नेपालका लागि  आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले आफ्नो प्रधान कार्यालय नैकापमा टाटा टिपर मेला संचालन गर्ने भएको छ ।

Advertisement

यही मंसिर २४ र २५ गते हुने टिपर मेलामा ग्राहकहरुले टाटा मोटर्स्को अत्याधुनिक टिपरहरु अवलोकन, छनोट र पुराना टिपरहरु एक्स्चेन्ज गर्ने अवसर प्राप्त गर्नेे कम्पनीले जानकारी गराएको छ ।

 मेलामा पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने, नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित सम्पन्न हुने पनि  कम्पनीले बताएको छ । नेपालभरका टाटा टिपर प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त दुई दिने टिपर मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री