बिहीबार, १३ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत वोनस सेयर दिने, पुँजी ५० करोड पुग्ने

समयपोष्ट २०७३ मंसिर २१ गते १०:३७

एनएलजी ईन्स्योरेन्सले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको मंगलबार बसेको बैठकले २५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

Advertisement

एनएलजीले गत आर्थिक बर्षमा २० करोड ११ लाख खुद नाफा गरी प्रति सेयर आम्दानी ४९ रुपैयाँ कायम गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४१ करोड, जगेडा कोषमा १४ करोड, बिमा कोषमा ४५ करोड र महाविपत्ति कोषमा झण्डै दुई करोड रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री