शुक्रबार, १४ वैशाख २०८१

टाटाको टियागो बन्यो टप टेन कार , एलिट आई 20 को लागि खतरा बन्दै 

समयपोष्ट २०७३ मंसिर २१ गते ७:४५

यो नोभेम्बर महिनामा मात्र टाटा मोटर्सले टियागो कारको ६,००८ युनिट बिक्री गरेको छ । यही आकडा अनुसार सबैभन्दा बढी बिक्री हुने दश कार मध्यमा टियागो पनि पर्न सफल भएको छ । टाटा मोटर्सले सन् २०१६ नोभेम्वरमा कुल १२,७३६ कारको बिक्री गरेको थियो । जसमा टियागोको हिस्सा ४७ प्रतिसत् रहेको छ । टियागो अत्याधिक बिक्री हुने कारमा दशौ नम्वरमा परेको छ । यही अक्टोबर महिनामा मात्र टियागोको सेल ४,५५७ युनिट रहेको थियो । 

Advertisement

टाटाको टियागोको सेल रेट बृद्धि हँदै गर्दा भने  ह्युंडई को पपुलर ह्याचब्याक कार एलिट आई 20 को सेलमा गिरावट आएको छ । नोभेम्वरमा ह्युंडईले ७,६०१ एलिट आई 20 बिक्री गरेको छ । जबकि अघिल्लो साल समान अवधिमा यो आकडा ८,२६४ युनिट रहेको थियो । जसअनुसार विस्तारै विस्तारै टियागोको बिक्री रफ्तार एलिट आई 20 को नजिक नजिक पुगेको छ । 

भर्खरै मात्र लञ्च भएको टाटाको टियागो गाडीको बिक्रीका कारण नोभेम्वर २०१६ मा टाटा मोर्टसको सेलमा ग्रोथ भएको छ । टाटा मोटर्सको सेल नोभेम्वरमा २२ प्रतिसत बढी रहेको छ । टाटा मोटर्सले नोभेम्वर २०१६ मा कुल १२,७३६ कार बिक्री गरेको छ जबकि अघिल्लो सालको समान अवधिमा यो आकडा १०,४७० को थियो । 

यस्तै मारुती सुजुकीको पुरानो कारमा भने मार्केटमा सेल खासै राम्रो देखिएको छैन ।  मारुतीको अल्टोको सेल नोभेम्वरमा २३ हजार रहेको थियो जबकी अघिल्लो बर्ष समान अवधिमा यो आकडा २१ हजार रहेको थियो । त्यस्तै डिजायरको सेल अघिल्लो सालको तुलनामा घटेर १७ हजारमा पुगेको छ जबकी एक वर्ष अघि यसको बिक्री १८,८२६ रहेको थियो ।  यो नोभेम्वरमा स्विफ्ट र वागन आर कारको सेलमा भने ग्रोथ देखिएको छ । 

नोभेम्वरका टप टेन गाडीहरु 

मोडल                       सेल
१.अल्टो :              २३,३२०

२.डीजायर :            १७,२१८ 

३.वागनआर :          १५,५६६ 

४.स्विफ्ट :            १४,५९४ 

५. बलेनो :            ११,०९३

६.ग्रयाण्ड आई10 :    ११,०५९

 ७.सेलेरियो :          ९५४३ 

८.क्विड :              ७८४७

९.एलिट आई 20 :     ७,६०१ 

१०.टियागो :            ६००८


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री