शुक्रबार, ७ वैशाख २०८१

सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद निष्काशन गर्ने, सानिमा क्यापिटल विक्री प्रवन्धक नियुक्त

समयपोष्ट २०७३ मंसिर २१ गते ३:४२

सिटिजन्स बैंक इण्टरनेशनलले १०ः२.५ (अर्थात २५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि विक्री प्रवन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड, नक्साललाई विक्री प्रवन्धक नियुक्त गरिएको छ ।

Advertisement

सो बैंक र सानिमा क्यापिटल लिमिटेड बीच सोमबार भएको सम्झौता अनुसार १,३८,४३,३८० (एक करोड अठ्ठतिस लाख त्रितालिस हजार तीन सय असी) कित्ता हकप्रद शेयर निष्काशन चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा निष्काशन गर्नको लागी आवश्यक सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई जिम्मा दिइएको छ र उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृ मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
हाल बैंकको चुक्ता पूंजी रु. ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा यस हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी रु. ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री