शुक्रबार, १४ वैशाख २०८१

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर प्रस्ताव

समयपोष्ट २०७३ मंसिर २० गते ८:२४

सिद्धार्थ बैंकले लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट बोनस सेयर प्रस्ताव गरेको हो ।

Advertisement

बैंकले ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही दिन अघि बिक्री गरिएको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले नेपाल स्टक एक्सचेन्जको वेभसाईट मार्फत जनाएको छ । मंसिर १९ गते बसेको २५९ औं संचालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो ।  । कम्पनीले मर्ज गरे वापतको सुबिधाले छुट पाउने हुँदा बोनसको कर प्रयोजनका लागि भने नगद लाभांश प्रस्ताव गरेको छैन । 
विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेकोमा २५ प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री