शनिबार, १५ वैशाख २०८१

सात जना बस्न मिल्ने वागन आर कार लञ्च हुँदै ,कार तिन भेरियण्टमा लञ्च हुँने

समयपोष्ट २०७३ मंसिर १९ गते ७:०९

मारुती सुजुकीले अब सात जनासम्म बस्न मिल्ने कम मुल्यको वागन आर कार छिट्टै लञ्च गर्ने भएको छ । यसको सुरुवाती मुल्य ५.२ लाख भारतिय रुपैयाँ हुनसक्ने कम्पनीले जनाएको छ । मारुती सुजुकी वागन आर सबैभन्दा पहिले १९९३ मा लञ्च भएको थियो । त्यसपछि भने यो बजारमा सबैभन्दा बढी बिक्रि हुने कारहरु मध्यमा पर्दछ । 

Advertisement

कम्पनीका अनुसार मारुती वागन आर तिन मोडलमा लञ्च हुनेछ । यो कारलाई R बेस,R टप र आर CNG नाम दिइनेछ । भारतमा R बेसको अनुमानित मुल्य ५.२ लाख रुपैयाँ ,R टपको ६.५ लाख रुपैयाँ र आर CNGको ६.३ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ। यसको फिचर्सहरुमा वागन आर सात सिटेड् एडिसनमा यसको बडी ग्राफिक्स नयाँ डिजाईनको हुनेछ । सातै कीलेस एंट्रीसंगै सेण्ट्रल लकिंग,सेक्योरिटी अर्लाम,डियुल टोन ड्यासबोर्ड,ब्लुटुथको साथमा डबल डिन स्टेरियो,प्रिमियम सिट फ्याब्रिकसंगै रियर पावर विण्डो हुनेछ । नयाँ भर्सनको यि कारहरुको अगाडी र पछाडीको लुक्स भने पुरानो वागन आरको जस्तोनै हुनेछ । 
यस कारमा १.२ लिटरको तिन सिलिण्डर इञ्जिन दिईनेछ जसले  ८४ bhp को पावरसाथ ११५nm टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रांसमिशन (AMT)दुबै दिईनेछ । नयाँ वागन आरको साथ सिएन जि अप्सन पनि दिनसक्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री