शुक्रबार, १४ वैशाख २०८१

डा. गोविन्द केसीको अनसन तोडियो,सरकार र डा. केसीबीच १२ बुँदे सम्झौता

समयपोष्ट २०७३ मंसिर १९ गते ६:०८

दसौंपटक अनसन बसेका डा. गोविन्द केसीले २२ दिन लामो अनसन आज बिहान तोडेका छन् । सरकार र केसीबीच १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएपछि आइतबार केसीले जुस पिउँदै अनसन ताडेका हुन् । त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँ लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । त्यस्तै एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ । उपत्यका बाहिर भने एमबीबीएस अध्ययनका लागि ४२ लाख शुल्क लिन पाउने व्यवस्था भएको छ  । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री