बिहीबार, १५ चैत २०८०

माथिल्लो तामाकोशीको ११ अर्ब शेयर शहिद परिवारको नाममा बदल्दै छौं : प्रधानमन्त्री

समयपोष्ट २०७३ मंसिर १८ गते १३:०८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद परिवारलाई माथिल्लो तामाकोशीमा शेयरको व्यवस्था गर्न सरकार लागिरहेको बताएका छन ।
शनिबार साँझ जनक्रान्तिका महान् शहिद परिवार समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन ।  
‘आज बिहान मैले अर्थमन्त्री, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थ मन्त्रालयका सहसचिवलाई बोलाएर कुरा गरेको छु, प्रधानमन्त्रीले भने ‘माथिल्लो तामाकोशीमा सरकारको ११ अर्ब शेयर छ, त्यही रकमलाई शहिद परिवारको शेयरमा बदल्न आवश्यक कानूनी प्रक्रिया थाल्न भनेको छु । छिटै त्यो रकम शेयरमा बदलिन्छ ।’
माओवादी नेतृ जयपुरी घर्ति, पूर्वमन्त्री गणेशमान पुनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शहिद परिवारले राज्यबाट पाउनुपर्ने राहत रकमलाई माथिल्लो तामाकोशीमा शेयरको व्यवस्था गर्न, शहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरी अभिलेख राख्न, शहिदका छोराछोरीले २५ वर्षसम्म निशूल्क पढ्न पाउने व्यवस्था गर्न, शहिदहरुको जीवनी प्रकाशित गर्न, शहिदहरुका नाममा स्मारक, प्रतिक्षालय, गाउँपालिका, नगरपालिकाहरुको नामकरण गर्न, शहिद परिवारको आपतकालीन व्यवस्थाका लागि अक्षयकोषको व्यवस्था गर्न, सत्य निरुपण र बेपत्ता आयोगको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री