शुक्रबार, ७ वैशाख २०८१

श्वेता पुन मगरको पहिलो गीति एल्बम श्वेता सार्वजनिक

समयपोष्ट २०७३ मंसिर १८ गते १२:५७

म्याग्दीको दानागाउँमा जन्मिएर हाल बेलायत (युके) बसोबास गर्दै आएकी गीतकार श्वेता पुन मगरकोे पहिलो गीती संग्रह श्वेता मंसिर १८ गते एक समारोहबीच सार्वजनिक गरिएको छ । 
एल्बममा मलाई रुवाएर, मन्दिर झै चोखो, मलाई आकाशको, मुस्कुराउदा गरी ४ वटा गीत समावेस गीती संग्रहमा श्वेता पुन मगरको शब्द रहेको छ भने एल्बममा संगीतकार शिवसंगम राईले एकल संगीत भरेका छन् । गीती संग्रहमा मिलन अमात्य, प्रमोद खरेल, मेलिना राईको स्वर रहेको छ ।
गीतमा सुन्दर लामा र आमोश तामाङको संगीत संयोजन रहेको छ । एल्बममा समावेश मन्दिर झै चोखा बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । भिडियोे निर्देशन प्रेम लामा, छायांकन ज्ञानेन्द्र शर्मा, सहायक निर्दैशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा भुपेन्द्र क्षेत्री र श्वेता पुन मगरको अभिनय रहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री