शुक्रबार, १४ वैशाख २०८१

कठिन दान गर्न श्रीलंकाबाट नेपाल (फोटो फिचर सहित)

समयपोष्ट २०७३ मंसिर १७ गते ५:२०

manoj-paudelमनोज पौडेल
निर्माण व्यवसायी रुवान बुद्धिका निकै खुसी थिए । श्रीमती नदिसासँगै श्रीलंकाबाट आएका उनी बुद्धस्थल लुम्बिनीलाई नमन गर्न पाउँदा जीवनकै अविस्मरणीय क्षण बन्यो । उनले भने, ‘बौद्ध धर्मावलम्बीको महत्वपूर्ण कठिन दानमा सहभागी हुँदा गतिलो शान्तिको ऊर्जा पाएँ ।’ पत्थर रत्न व्यापारी नलिन उसहान्था पनि शान्तिको उमंगमा रमाइरहेका थिए । लामो समयपछि लुम्बिनी आउने चाहना पूरा भयो पनि महत्वपूर्ण धार्मिक काममा उनले भने यसले मलाई आत्मशान्ति मिलेको छ । श्रीमती निसोरिकासँग आएका उनले भने लुम्बिनीमा कठिन दानमा चिबर दान गर्न पाउँदा गतिलो शान्तिको पुण्य सञ्चय गरे । अब यसले मलाई भ्रातृत्व, माया र करुणा बढाउन मद्दत गर्छ ।
6

Advertisement

श्रीलंकाको बंलगोध सहरबाट शान्तिका लागि ६० बढी उपासक उपासिका लुम्बिनी आएका थिए । राजधानी कोलम्बोदेखि १ सय ६० किमि टाढाको सवरगोम प्रदेश, रतनपुर जिल्लाबाट उनीहरू पहिलोपटक आएका हुन् ।

0

शान्तिका अनुयायी उनीहरूले भने, ‘बुद्धभूमिको माटो छुन पाउँदा साच्चै मन प्रफुल्ल भयो, शान्तिमय ऊर्जा पायौंं ।’ उनीहरू सबै लुम्बिनीमा आयोजित कठिन दानमा सहभागी हुन आएका थिए । ‘लंकामा त कठिन दान गरेका थियौं,’ उनीहरूले भने, ‘जन्मस्थलमै आएर गर्दा त शाखा सन्ततिले पनि पुण्य आर्जन काम भयो ।’ 

1

शान्तिको सन्देश सचेतना गर्न दानलाई महोत्सवका रूपमा कात्तिक १२ र १३ गते धुमधानले मनाइयो । लुम्बिनी विकास कोषका अध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महाअस्थवीरका शिष्य उपासक उपासिका कठिन दान गरे । 
उनीहरूले श्रीलंकाबाटै ल्याएको चिबर दान गरेका थिए । कसैले अष्ट परिकार दान गरेका थिए । भिक्षुले लगाउने पहेँलो वस्त्र (चिबर) र भिक्षा पात्रलाई चिबर दान भनिन्छ । अष्ट परिकारमा भिक्षुका लागि आवश्यक कपाल र दाह्री खौरने समान, भित्री बाहिरी कपडा, सियो धागोलगायत आठ सामग्री हुन्छ । 

2

शुभमंगल मानिने दुई हात्तीलाई सिंगारेर शान्ति पदयात्रा गर्दै मायादेबी मन्दिरमा पुजाआजा गरिएको थियो । उपासक उपासिका सेतो कपडा लगाएर आफै चिबर बोकेर मायादेबी मन्दिर परिक्रर्मा गरि पुजाआजा गरेका थिए । पुजाआजा पछि आयोजित कार्यक्रममा उनीहरूले धार्मिक बिधि पुर्वक भिक्षु मैत्रीलाई चिबर र अष्ट परिकार दान गरेका थिए । उनले तत्कालै चिबर र सामग्री अखिल नेपाल भिक्षु महासंघका महासचिब भिक्षु कौडिण्यलाई प्रदान गरे । अब महासंघले अनुशासित र नियमपूर्वक वर्षावास बस्ने भिक्षुलाई चिबर भिक्षा पात्र र अष्ट परिकार प्रदान गर्नेछ । पूजाकी प्रमुख अतिथि श्रीलंकाकी राजदूत स्वर्णलता परेराले भनिन् । यस्तो गौरव र शान्तिको ठाउँमा आएर चिबर दान गर्न पाउँदा आफूहरू आत्मैदेखि खुसी भएको बताइन् । विश्वलई नै शान्तिका लागि डो¥याउने प्रेरक बुद्धलाई जन्म दिने धर्ती नेपाल हो । उनले भनिन्, ‘जसका कारण नेपाल र नेपाली विश्वकै गौरव र अनुयायी बनेका छन् ।’ 

3

बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीनमहिने वर्षावास हो । असारदेखि असोज पूर्णिमा तीन महिनासम्मलाई वर्षावास भनिन्छ । यसअघि वर्षावास बस्न निम्ता दिन तीन महिना अघि श्रीलंकालीबाटै उपासक सुशान्त पुष्पुकुमार नेतृत्वमा नौ सदस्यीय टोली आएको थियो । उनीहरूको निम्तामा दुई नेपाली भिक्षु वर्षावास बसेका थिए । वर्षावास वस्ने भिक्षुको खाने, बस्ने, लगाउने, औषधिमुलोको सबै खर्च श्रीलंकाली उपासक उपासिकाले बेहोरेका थिए । वर्षावास सकिएको एक महिनाभित्र चिबर दान गर्नुपर्छ ।

4

त्यही चिबर दान गर्न आफूहरू आएको कौशल हिड्डीगेले बताए । बौद्ध धर्मावलम्बीको कठिन दानमध्येको यो एक दान हो । लुम्बिनीमा वर्षावासको निम्ता दिएर चिबर दान गर्न पाउनु जीवनकै उपलब्धि बन्यो । उपासक हेड्डीले भने, ‘अब यहाँबाट पाएको शान्ति, पवित्रता र माया श्रीलंकामा फैलाउँछु ।’ 
मानवलाई महान् ज्योति, आशा र सर्वोच्च आनन्द प्रदान गर्नु भएका भगवान् गौतम बुद्धलाई नमन गर्न पायौं । सुशान्त अतुकोरलले भने शान्तिका लागि उत्प्रेरित गर्ने नेपाली भूमिलाई कहिल्यै ऋण तिरेर सक्दैनौं ।

5

7

प्रतिक्रिया

सम्बन्धित सामाग्री