बिहीबार, १३ वैशाख २०८१

शिखर इन्स्योरेन्सले एफपिओ जारी गर्ने 

समयपोष्ट २०७३ मंसिर १६ गते ८:३२

 

Advertisement

शिखर इन्स्योरेन्स कम्पनीले एफपिओ जारी गर्ने भएको छ। संचालक समितिको प्रस्ताव अनुसार साधारण सेयर हिस्सा ४० प्रतिशत पुर्याउन एफपिओ जारी गर्ने भएको हो । यसअघि कम्पनीले गत आवको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयरको घोषणा गरिसकेको छ।

आगामी पुस ८ गते शिखर इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारणसभा बस्ने भएको छ। सोही बैठकले संचालक समितिको निर्णयलाई पारित गर्नेछ। 

 अहिले उक्त  इन्स्योरेन्स कम्पनीसंग ५० करोड चुक्ता पुँजी रहेको छ । लगानीकर्ताहरुलाई  ६० प्रतिशत लाभांश दिएपछि कम्पनीको पुँजी ८० करोड पुग्नेछ ।  कम्पनीले सोही पुँजीको १० प्रतिशतको हाराहारीमा एफपिओ जारी गर्ने भएको हो।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री