शुक्रबार, ७ वैशाख २०८१

बीबीए अध्ययनका लागि लिबर्टी कलेजमा छात्रवृत्तिको अवसर

समयपोष्ट २०७३ मंसिर १६ गते ४:४४

बीबीए अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजले छात्रवृत्तिको अवसर ल्याएको छ । 
पोखरा विश्वविद्यालयको सम्बन्धनमा विसं २०६६ देखि स्नातक तहमा बीबीए कार्यक्रम सञ्चालन गर्दै आएको उक्त कलेजले शैक्षिक सत्र २०७३ मा बीबीएमा भर्ना भई अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गैरआवासीय नेपाली, विभिन्न व्यावसायिक संस्था एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय एवम् सहकार्यमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागेको हो । 
अहिले छात्रवृत्ति परीक्षा सञ्चालन भइरहेको कलेजका प्राचार्य लक्ष्मण पोख्रेलले जानकारी दिए । उनका अनुसार उक्त परीक्षामा सामेल हुन १०ं +२ मा कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यार्थीले कलेजमा गई निःशुल्क छात्रवृत्ति आवेदन फाराम भर्न सक्नेछन् । 
प्राचार्य पोख्रेलका अनुसार छात्रवृत्ति रकम न्यूनतम एक लाखदेखि अधिकतम बीबीए कार्यक्रम अध्ययनका लागि आवश्यक खर्चबराबरको हुनेछ । ‘महिला, दलित, जनजाति, पिछडिएको वर्ग, भूकम्पपीडित तथा सामुदायिक उमाविबाट आएका विद्यार्थीलाई यस छात्रवृत्ति कार्यक्रममा विशेष प्राथमिकता दिइनेछ,’ उनले भने । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री