बिहीबार, ६ कार्तिक २०८२

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने

समयपोष्ट २०८० पुष ८ गते १०:२३

Advertisement

हिमालयन बैंक सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन एफपीओ निष्कासन गर्ने भएको छ ।

बैंकले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । यो पटक बैंकले लाभांश भने नदिने भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री