आइतबार, २३ वैशाख २०८१

नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत, वरिष्ठ उपाध्यक्षमा गोल्छा

समयपोष्ट २०८० पुष ३ गते १९:४१

Advertisement

नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् ।

मंगलबार साँझ भएको छलफलपछि करण चौधरीको नाममा सहमति जुटेको हो ।

यो सहमतिपछि अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष हुनेछन्। एशोसिएसनले वरिष्ठ उपाध्यक्ष पद थपेर गोल्छालाई चयन गर्न लागेको हो।

नेपाल उद्योग वाणिज्य महासंघकोजस्तै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानसहित विधान संशोधन हुनेछ। एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बन्ने सहमति भएको छ।

Advertisement

अब सदस्यमा पनि सर्वसम्मतको प्रयास हुनेछ । सदस्यहरु सर्वसम्मत भएपछि सदस्यमध्येहरुबाट पदाधिकारी चयन गरिनेछ । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री