बिहीबार, ६ कार्तिक २०८२

३८.१४ अंकले बढ्यो नेप्से, ६ अर्ब ८६ करोडको शेयर किनबेच

समयपोष्ट २०८० पुष २ गते १५:२७

Advertisement

आज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को बिन्दुमा पुगेको छ।

आज ३०५ कम्पनीका २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता शेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँमा किनबेच भएको छ । जस मध्ये हिमाला दोलखा हाइड्रोको सर्वाधिक २६ करोड २६ लाखको कारोबार भएको छ । त्यस्तै सोनापुर सिमेन्टको २० करोड २८ लाख, सोल्टी होटेलको १८ करोड ४३ लाख, शिवम सिमेन्टको १६ करोड ८३ लाख तथा घोराही सिमेन्टको १४ करोड ३३ लाखको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल तराई, सुर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बिपीडब्लु लघुवित्त, तथा हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज हिमालयन पावर पार्टनरको शेयर मूल्य सर्वाधिक ७.८६ प्रतिशत घटेको छ । त्यस्तै दोलती पावरको ६.५७ प्रतिशत, अपर स्यांगे हाइड्रोको ५.३९ प्रतिशत, मोदी इनर्जीको ४.६२ प्रतिशत तथा माइ खोला हाइड्रोको शेयर मूल्य ४.३३ प्रतिशत घटेको छ ।

Advertisement

आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो समुह मात्र घटेको छ । हाइड्रो समुह ०.३३ प्रतिशत घटेको हो ।

आज लघुवित्त समुह सर्वाधिक ५.५३ प्रतिशत बढेको छ। आज सबै लघुवित्तको शेयर मूल्य बढेको छ । त्यस्तै होटेल समुह ३.२५ प्रतिशत, र लगानी समुह ३.१० प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री