मंगलबार, २४ असार २०८२

बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने, लाभांश घोषणा

समयपोष्ट २०८० पुष १ गते १२:३२

Advertisement

बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

शनिबार बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्काशनको प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै साधारणसभाले पारित गरेपछि एफपीओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री