एसबिआई बैंकको शेयरमूल्य समायोजन
समयपोष्ट
२०८० मंसिर २९ गते ९:०७
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन बैंकको ३.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, बैंकको शेयर प्रतिकित्ता ३२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
प्रतिक्रिया