आइतबार, २३ वैशाख २०८१

सेरेसको थ्री एस सुविधासहितको नयाँ शोरुम पोखराको नागढुंगामा

समयपोष्ट २०८० मंसिर २८ गते १९:५८

Advertisement

नेपालका लागि सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटो कर्पले पोखराको नागढुंगामा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले सेरेस गाडीको तेस्रो शोरुम सञ्चालनमा ल्याएको हो।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पश्‍चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र एमएडब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले शोरुमको उद्‍घाटन गरे।

उक्त अवसरमा आ–आफ्नो धारणा राख्दै सेरेसको उपस्थितिसँगै पोखरामा विद्युतीय गाडीको माग बढ्ने र सेरेस लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

Advertisement

कम्पनीले थापा मोटर्स प्रालिसँग साझेदारीमा सञ्चालनमा ल्याएको शोरुममा थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयरपार्टसको सुविधा छ। नयाँ शोरुमबाट सेरेस इभीको ब्रान्ड वृद्धिमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

शोरुम उद्‍घाटनका अवसरमा कम्पनीले २ जना ग्राहकलाई सेरेस इभी हस्तान्तरण गरेको छ। सेरेस थ्री र मिनी इभी हस्तान्तरण गरिएको हो ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ ।

सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९,९९,०००। र ५२,९९,०००। बाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००। रु १६,४९,०००। र रु १७,९९,०००। रहेको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री