आइतबार, २२ असार २०८२

जय अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

समयपोष्ट २०८० मंसिर २८ गते ९:३८


अम्बे ग्रुप अन्तर्गतको जय अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

Advertisement

कम्पनीले आईपीओ निष्काशन गर्ने गर्ने प्रस्ताव सहित पुस २६ गते बिहिबार साधारणसभा आह्वान गरेको छ ।

सभाको प्रस्तावमा कम्पनिको अधिकृत पूँजी बढाउने तथा कम्पनिको शेयर आईपीओ मार्फत सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव उल्लेख गरिएको छ।

त्यस्तै सभाको अन्य प्रस्तावमा आ.व. २०७९ २०८० को संचालक समितिको तर्फवाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आ.व. २०७९ २०८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आगामी आ.व. २०८० २०८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमीक निर्धारण गर्ने , संचालक समितिको गठन गर्ने र वार्षिक साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री