हिमालयन रिको आइपिओमा आजबाट आवेदन खुल्यो, प्रिमियम मूल्यमा प्रति कित्ताको २०६ रुपैयाँ
समयपोष्ट
२०८० मंसिर २७ गते ८:३६
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन खुलेको छ ।
कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ ल्याएको हो ।
कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो ।
सेयर बिक्री रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा हिजो अन्तरिम आदेश जारी अस्वीकार भएसँगै आजबाट सेयर बिक्रीको खुलेको हो। कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई यसअघि नै सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले आज सूचना जारी गरि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ। कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ।
सेयर निष्काशन पुस १ गते बन्द हुने कम्पनीले जनाएको छ। त्यो अवधिसम्म शेयर बिक्री नभए ढिलोमा पुस ११ गतेसम्मका लागि शेयर आवेदन खुला हुने जनाएको छ।
प्रतिक्रिया