छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८० मंसिर २६ गते १०:२९
छिमेक लघुवित्तले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया