मंगलबार, २४ असार २०८२

के.बि.एल सेक्यूरिटिजद्धारा धितोपत्र कारोबारको शुभारम्भ

समयपोष्ट २०८० मंसिर २५ गते १९:०४

Advertisement

के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले आजबाट औपचारिक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।

सोमबार कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे ।

Advertisement

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री