सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटिज संचालनमा
सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटिज संचालनमा आएको छ ।
आइतबार एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेज्यूले कम्पनीको विधिबत उदघाटन गरी कम्पनीको टि.एम.एस सेवा संचालनमा ल्याएका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सि.बि.आई.एल. सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गर्नुभयो । साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गर्नु भयो । यो संस्था बैंकको आफ्नै कुपन्डोलस्थित भवन बाट संचालनमा ल्याइएको छ । उक्त उदघाटन समारोहमा सिटिजन्स बैंकका संचालकहरु , प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायत उक्त सेक्यूरिटिजका संचालकहरु, कम्पनी कर्मचारीहरुको उपस्थिति थियो ।
धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ । यस कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत प्थ्ऋ खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ । यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्नेछन । यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।
सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
प्रतिक्रिया