आइतबार, २३ वैशाख २०८१

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबिच विद्युतिय सवारी खरिदमा सहुलियत दरमा ऋण दिने सम्झौता

समयपोष्ट २०८० मंसिर २२ गते १३:०३

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित ईनलाइटन मोटर्स प्रा.लि. बिच बिवाइडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बिवाइडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने उल्लेख छ ।

सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०५ सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् ।

बैंकले देशैभर फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री