आइतबार, १३ फागुन २०८०

माछापुच्छ्रे सेक्युरिटिजको समुदघाटन

समयपोष्ट २०८० मंसिर २१ गते १६:१६

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमका वीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त सेक्युरिटिजको समुदघाटन गर्नुभएको हो ।

काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि सेक्युरिटिजले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो ।

सेक्युरिटिजको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र बजारको बिकास र बिस्तारको लागि सेक्युरिटिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा सेक्युरिटिजलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
साथै सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक का पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको सेक्युरिटिजले बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पुर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ«्रे सेक्युरिटिज लिमिटेडले आफुलाई उभ्याउन सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रेसेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरु,माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री