एनसेलले भन्यो- कानुनअनुसार कर तिर्न तयार छौं
एनसेलले आफ्नो सेयर कारोबारको मूल्य इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरिएको बताएको छ।
एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो ।’ र अन्य प्रतिस्पर्धीलाई पन्छाएर स्पेक्ट्रलाइट छानिएको हो । स्पेक्ट्रलाइट युके लिमिटेडका सेयरधनी सतिशलाल आचार्यलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ,‘सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो ।’
विज्ञप्तिमा एनसेलको ८० प्रतिशत सेयरको मूल्य ४० करोड अमेरिकी डलर भएको उल्लेख छ । ‘सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्नेछ,यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ ।’
एनसेलले अहिलेसम्म सबै कर तिरी त्यसको प्रमाणीकरण कर कार्यालयबाट भएको र अहिलेको कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भए नेपालको कानुनअनुसार तिर्ने बताएको छ।
‘यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध छ र आफ्ना सम्पूर्ण सरोकारवालालाई एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया