प्रिमियममा २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्दै हिमालयन रि
समयपोष्ट
२०८० मंसिर २१ गते १०:०३
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निश्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले मङ्सिर २७ गतेदेखि प्रिमियम मूल्यमा २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १०६ रुपैयाँ थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिसकेको छ ।
प्रतिक्रिया