नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट
समयपोष्ट
२०८० मंसिर २० गते ११:१४
नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
१ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
सो शेयरमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन परेको थियो।
जसमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ सम्म सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया