सोमबार, ३० असार २०८२

नेको इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

समयपोष्ट २०८० मंसिर १९ गते ११:३८

Advertisement

नेको इन्स्योरेन्सले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको मङ्सिर १८ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, आ.व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री