शनिबार, ३ साउन २०८२

गुराँस लघुवित्तले लाभांश नदिने

समयपोष्ट २०८० मंसिर १७ गते ११:१८

गुराँस लघुवित्तले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको शनिबार सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, आ.व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री