बुधबार, २५ असार २०८२

बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा आउन प्राधिकरणको अनुरोध, सात दिनभित्र नआए लाइसेन्स खारेज

समयपोष्ट २०८० मंसिर १७ गते ११:०२

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

आइतबार सूचना जारी गर्दै प्राधिकरणले सात दिनभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ।

सूचनामा दूरसञ्चार सेवा प्रदायकहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको उल्लेख छ।

Advertisement

उक्त अवधि भित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री