आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो
समयपोष्ट
२०८० मंसिर १५ गते १५:२५
उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलको लागि बोलाएको छ ।
व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध गोकुल बहादुर रोकायाले उच्च अदालतमा रिट निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी आदेश गरेको हो ।
अन्तरिम आदेश दिने/नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ
प्रतिक्रिया