आइतबार, २३ वैशाख २०८१

सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७९ पुष १४ गते १५:३२

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश पारित गरेको छ ।

बैंकको बिहीबारको बाह्रौ वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौँमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

Advertisement

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ९७.२९ अर्व र कर्जा रकम रु. ८७.४५ अर्व परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री