शनिबार, ५ जेठ २०८१

पुस १७ देखि पन्ध्र दिनसम्म एनसीसी बैंकको शेयर कारोबार रोक्का हुने

समयपोष्ट २०७९ पुष १३ गते ११:५०

Advertisement

एनसीसी बैंकको शेयर कारोबार पन्ध दिनसम्म रोक्का हुँने भएको छ । बैंकको शेयर पुस १७ गतेदेखि पन्ध दिन रोक्का हुने भएको हो ।

कुमारी बैंकसँग मर्जरपछि एनसीसीले पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गर्दै छ ।

शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि १५ दिन कारोबार बन्द हुन लागेको हो ।

यस अवधिमा कुमारी बैंकको भने कारोबार रोक्का हुने छैन ।

Advertisement

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको ब्यबस्था बमोजिम बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । उक्त निर्देशिकाको दफा ९ मा एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्ने/ गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्नु पर्ने ब्यबस्था छ। त्यसपछि एनसीसी बैंकको शेयर कुमारी बैंकको रुपमा आई कारोबार गर्न सकिने छ ।

कुमारी बैंक र एनसीसी एक आपसमा मर्ज भई पुस १७ गतेबाट एकिकृत कारोबार गर्दै छन्।मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री