शुक्रबार, ४ जेठ २०८१

विदेशबाट ल्याएको मोबाइल पौष १५ भित्र एमडीएमएस प्रणालीमा दर्ता नगरे नचल्ने

समयपोष्ट २०७९ पुष ९ गते १२:३१

Advertisement

पौष १५ गते भित्र व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याइएको वा आफन्तले पठाएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा दर्ता गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले शनिबार एक सुचना जारी गर्दै पौष १५ गतेभित्र विदेशबाट ल्याइएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा दर्ता नगरे नचल्ने जानकारी दिएको छ ।

प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले निजी प्रयोजनका लागि आफ्नो साथमा ल्याएका मोबाइल सेटहरुको आइएमइआइ नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन अनुसार प्रज्ञापनपत्र लिन भनेको छ । यस्तो प्रावधान एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा २०७९ भदौ महिनाभन्दा अगाडि प्रयोग नभएका मोबाइलको हकमा लागू गराएको हो ।

नियम अनुसार भन्सार घोषणा नभएका मोबाइल फोन सेट पुस पौषदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सन्चालनमा समेत रोक लगाइने भन्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्रसहित दर्ता गर्न भनेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि उक्त सेट एमडीएमएस प्रणलाीमा दर्ता भए नभएको एकिन गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ

Advertisement

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा चोरी नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागु गर्न लागेको हो । चोरी भएका तथा हराएका मोबाइल सेटको बारेमा प्राधिकरणले यो प्रणाली यसअघि लागु गरेकोमा अब पुस १५ देखि सबैमा लागू हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री