शुक्रबार, ४ जेठ २०८१

क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

समयपोष्ट २०७९ पुष ६ गते १४:११

Advertisement

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि आइपिओ जारी गर्नेछ।

क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । हाल सम्म ७४ जिल्लाका १०६ आउटलेट तथा साखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।

Advertisement

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री