बिहीबार, २० वैशाख २०८१

भंगहामा थारु संग्रालय बन्ने

समयपोष्ट २०७९ पुष ३ गते १४:०४

Advertisement

महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संग्राहलय बन्ने भएको छ ।

थारु संग्राहलय निर्माण स्थलको निरिक्षण पछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले त्यहाँ थारु संग्राहलय निर्माण गर्ने घोषणा गरेका छन् ।

थारु जाती इमानदार र मेहनेती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातीको इतिहास जोगाउन जरुरी छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरुले नेपाली भूमिको समेत सुरुक्षा गरेका छन् । तपाईहरु संग्रालयको गुरु योजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।’

थारु समुदाय राजनीतीमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गरेका थिए ।

Advertisement

मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिप कुमार चौधरीले संग्राहलय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुभाइएको बताए ।

‘संग्राहलय करिब ८ विघामा बन्ने छ । थारु भेष भुषा, संस्कृति झल्किने सामग्रीहरुको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरु उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ । विभिन्न पर्वहरु, उत्सवहरु मनाउने व्यवस्था हुने छ । यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्ने छ ।’ उत्साहित हुँदै उनले सुनाए ।

थारु संग्राहलयको अनुमानित खर्च ६ करोड हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री