शनिबार, २२ वैशाख २०८१

शिवम् सिमेण्टले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ मंसिर २९ गते ११:३८

Advertisement

शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पूँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशतले हुन् आउने ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Advertisement

पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री