बिहीबार, ३ जेठ २०८१

“स्पिल्ट विल” को सुविधा नमस्ते पे एपबाट सुचारु

समयपोष्ट २०७९ मंसिर २६ गते २१:००

Advertisement

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मा स्पिल्ट विलको सुबिधा प्रयोग गर्न सक्नेछन्।

यो सुबिधा को फाइदा एण्ड्रोइड र आइ ओ एस दुवै प्रयोगकर्ताहरुले लिन सक्ने कम्पनीले जनाएको छ ।

साथीभाई र आफन्तसंग खाजा खादा होस् या सपिंग जाँदा, नमस्ते पेको स्पिल्ट विल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। क्यु आर स्क्यान मार्फत मर्चेण्ट भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिन्छ।

NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

Advertisement

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री